मटिहानीमा आगलागी पीडितलाई नेपाल मुस्लिम महिला कल्याण समाजको सहयोग

२०८१ माघ २७, आईतवार १४:२३

महोत्तरी,२७ माघ । मटिहानी नगरपालिका-६ मा आगलागीबाट प्रभावित परिवारहरूलाई नेपाल मुस्लिम महिला कल्याण समाजले विभिन्न सहयोग सामग्री वितरण गरेको छ। सुत्केरी तथा गर्भवती महिलाहरूलाई न्यानो कपडा, वृद्धहरूलाई सल, र किशोरीहरूलाई स्यानेट्री प्याकेज प्रदान गरिएको छ।

मटिहानी नगरपालिका वाड न: ६ का वाडा अध्यक्ष कलिम  अन्सारीको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा समाजकी संयोजक सीमा खानको उपस्थिति रहेको थियो। साथै, सामाजिक अभियन्ता फरिदा खातुन र नेपाल मुस्लिम महिला कल्याण समाज महोत्तरी जिल्लाकी संयोजक गुलिस्ता प्रविण पनि कार्यक्रममा सहभागी थिए।

फरिदा खातुनका अनुसार, समाजले लामो समयदेखि मुस्लिम महिलाहरू सहित विभिन्न समस्यामा परेका समुदायका लागि निरन्तर सहयोग गर्दै आएको छ। संयोजक सीमा खानले आगामी दिनहरूमा पनि महिला, बालबालिका र वृद्धवृद्धाको लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?