आज बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

२०७९ कार्तिक २९, मंगलवार ०७:५७

२९ कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (मंगलबार) सुनको मूल्य १००० रुपैयाँले बढेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० रहँदा सोमबार रु ९७ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० रहेकामा सोमबार प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य पनि सोमबारको मूल्य भन्दा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २९५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?