जनकपुरधाममा “सामाजिक संजाल विधेयक” विरुद्ध मसाल जुलुस, युवाहरुको चेतावनी**

२०८१ माघ २७, आईतवार २१:२४

जनकपुरधाम, धनुषा — “सामाजिक संजालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” विरुद्ध आज जनकपुरधामको रामानन्द चोकमा मसाल जुलुस निकालिएको छ। अखिल क्रान्तिकारी रा.ज.वी, रा.रा.ब क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा समाजसेवी निरभय मिश्र र बिध्यार्थी नेता संजय महतोको विशेष सहयोगमा यो जुलुस आयोजना गरिएको हो।

जुलुसमा सहभागी युवा विद्यार्थीहरुले यो विधेयकलाई आपत्तिजनक बताउँदै यसमा पाइला पाइलामा सजाय र जरिवानाको व्यवस्था रहेकोले यसले नागरिक स्वतन्त्रतालाई हनन गर्ने बताए। उनीहरुले संचार मन्त्री विरुद्ध नारावाजी गर्दै विधेयक फिर्ता लिन चेतावनी समेत दिएका छन्।

जुलुसमा सहभागीहरुले सरकारले नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रतालाई खोक्राउने गरी यस्तो कानुन ल्याएको आरोप लगाएका छन्। उनीहरुले यो विधेयकले सामाजिक संजालमा नागरिकहरुको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्नो विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन्।

युवाहरुले #Bolna_De_Sarakar को नारा लगाउँदै सरकारलाई नागरिकहरुको आवाज सुन्न र यो विधेयक फिर्ता लिन आग्रह गरेका छन्। उनीहरुले यो विधेयकलाई लोकतन्त्र र मानव अधिकार विरोधी बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

यो विधेयकले सामाजिक संजालमा हुने गतिविधिहरुलाई कडाइका साथ नियमन गर्ने प्रस्ताव गरेको छ भने यसले नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्धित गर्न सक्ने आशंका बिध्यार्थी नेता श्याम साहले आपत्ती जनाएका छन र सरकारलाइ सो बिधेयक फिर्ता लिन चुनौती दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?