३० कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (बुधबार) सुनको मूल्य २०० रुपैयाँले बढेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० रहँदा मंगलबार रु ९८ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० रहेकामा मंगलबार प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य भने मंगलबारको मूल्य भन्दा ३० रुपैयाँले घट्दै एक हजार २९५ मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






