मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी

२०७९ मंसिर २, शुक्रबार ०४:२५

२ मंसिर। अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल सानदार जित निकालेको छ । बिहीबार राती भएको खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई गोल गरे भने गोन्कालो रामोस र जोआ मारियोले समान १-१ गोल गरे । फिफा विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा पोर्चुगलले थापा दुई गोल गर्यो ।

खेलको ८२ औं मिनेटमा गोन्कालो रामोसको गोल मार्फत पोर्चुगल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा जोआ मारियोले गोल गर्दै पोर्चुगललाई ४-० को फराकिलो जित दिलाए । आगामी नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपको तयारीको लागि विभिन्न टोलीले मैत्रीपूर्ण खेल खेलिरहेका छन् । विश्वकपमा पोर्चुगल समूह ‘एच’ मा रहेको छ । उक्त समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?