सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

२०७९ मंसिर २, शुक्रबार ०६:२०

२ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (शुक्रबार) सुनको मूल्य १०० रुपैयाँले बढेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० रहँदा बिहीबार रु ९८ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० रहेकामा बिहीबार प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य भने बिहीबारको मूल्य भन्दा ५ रुपैयाँले घट्दै एक हजार २८० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २८५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?