ADVERTISEMENT

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम पराजित

२०७९ मंसिर ३, शनिबार १२:१५

३ मंसिर । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम पराजित भएको छ । शुक्रबार रति भएको खेलमा इजिप्टले बेल्जियमलाई २-१ ले पराजित गरेको हो ।

फिफा विश्वकप अघि भएको खेलमा खेलको ३३ औं मिनेटमा मोस्ताफा मोहमेदले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ४६ औं मिनेटमा ट्रेजेगुएटले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए ।

तर खेलको ७६ औं मिनेटमा बेल्जियमका लोइस ओपेन्डाले गोल गरेपछि खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र बेल्जियम २-१ ले पराजित भयो । आगामी नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपको तयारीको लागि विभिन्न टोलीले मैत्रीपूर्ण खेल खेलिरहेका छन् । विश्वकपमा बेल्जियम समूह ‘एफ’ मा रहेको छ । समूहमा बेल्जियमसहित क्यानडा, मोरक्को र क्रोएसिया रहेका छन् । विश्वकपको सुरुवात बेल्जियमले क्यानडाविरुद्ध खेल्दै सुरु गर्नेछ भने इजिप्ट विश्वकपमा छनोट भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?