५ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (सोमबार ) सुनको मूल्य ६०० रुपैयाँले घटेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहँदा शुक्रबार रु ९८ हजार १०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रहेकामा शुक्रबार प्रतितोला रु ९७ हजार ६०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य भने शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँले घट्दै एक हजार २६५ मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






