काठमाडौं-४ मा गगन थापा र राजन भट्टराईबीच कडा टक्कर, यस्तो छ पछिल्लो मतपरिणाम

२०७९ मंसिर ५, सोमबार ०७:२३

५ मंसिर । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका राजन भट्टराईबीच कडा टक्कर परेको छ । थापा र भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको हो ।

सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका भट्टराईले ६३३ मत ल्याएका छन् । थापा भट्टराईभन्दा ३५ मतले अघि छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?