काठमाडौं ४ बाट गगन थापा विजयी

२०७९ मंसिर ६, मंगलवार ०६:२९

६ मंसिर । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार राजनकुमार भट्टराईले पराजित गर्दै विजयी भएका हुन् ।

४५ हजार नौ सय २९ मत खसेकामा थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् ।

२०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यस्तै राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत ल्याउँदा स्वतन्त्र अर्जुन कुमार प्रसाईले २ हजार ३०८ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?