ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचित

२०७९ मंसिर ८, बिहीबार ११:००

८ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका अमृत खड्कालाई पराजित गर्दै ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी हुन् ।

तोसिमाले ३१ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरे । कार्की र खड्काबीच १८ हजार १६३ को मतान्तर रहेको छ ।

त्यस्तै ऊर्जामन्त्री एवं माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत मात्र प्राप्त गरिन् । ०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?