रतौली युवा क्लवको कार्यक्रमहरुलाई मुख्यमन्त्रि सिंह द्वारा अनुगमन

२०८१ चैत्र ३१, आईतवार २१:३६

चैत्र ३१,महोत्तरी/साजन कुमार। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विभिन्न कृषक समुहहरुको अनुगमन गरेको छ।

सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लवको सहजीकरणमा महोत्तरीको पिपरा गाउँपालिका ०६ मा संचालित कृषि फर्मको अवलोकन गरेको छ।

रतौली युवा क्लवको समुन्नति कार्यक्रम अन्तरगतको जीविकोपार्जन अन्तरगत संचालित श्री राम जानकी कृषक समुहको अवलोकन तथा भ्रमण गर्नु भएको छ।

अवलोकनको क्रममा त्याहाँका स्थानिय दलित बस्तीको वासिन्दाहरुसँग पनि भेटघाट गर्नु भएको छ। भेटघाटको क्रममा उनीहरुले भोगी रहेको पिडा तथा उनिहरु संग गरेको विभेदको बारेमा पनि बुझ्नु भयो। छलफलको क्रममा अधिकांश बच्चा बिधालय भर्ना भएको भेटियो तर धेरैले अहिले सम्म नागरिका नपाएको गुनासो पोखे।

उक्त गाउँपालिकालाई रतौली युवा क्लवले सौ प्रतिसत बिधालय भर्ना गराएकोमा क्लवको प्रतिनिधिलाई मुख्यमन्त्री सिंहले धन्यबाद समेत दिए।

उनीहरुको समस्या छिटो भन्दा छिटो समाधान गर्न स्थानिय जनप्रतिनिधिलाई आदेश दिदै समयमा समस्या समाधान नभए आफुद्वारा नै पहल हुने जानकारी दिए।

कार्यकममा मधेश प्रदेश मुख्यमन्त्री,नीति आयोगको प्रमुख,रतौली युवा क्लवको कार्याकारी निर्देशक बैधनाथ चौधरी,क्लवको प्रतिनिधिहरु तथा सेभ द चिल्ड्रेनको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?