चन्दन रजक -जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जय कान्त राउतले सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नं ५ पडेमारा मा हनुमान मन्दिर कार्यको शिलान्यास गरेका छन्।
आज आयोजित एक समारोहमा संगठन प्रमुख राउतले हनुमान मन्दिरको निर्माण शुभारम्भ गरेका हुन्।
शिलान्यासको क्रममा संगठन प्रमुख राउतले निर्माण कार्यको गुणस्तर र समयमै काम सम्पन्न हुने कुरामा जोड दिएका थिए। उनले भने, “यस काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ सहनयोग्य हुनेछैन।
स्थानीयवासीले सडक ढलान सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। यो सडक ढलान सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई आवतजावतमा थप सहजता हुने विश्वास लिइएको छ।






