काठमाडौं०८२ बैशाख १०-काठमाडौँको शंखरापुर नगरपालिका-९ की ४६ वर्षीया माइली तामाङको हत्या गरेको घटनाका आरोपित पति ५८ वर्षीय पदमबहादुर तामाङलाई ०८२ बैशाख ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
तामाङको ०८२ बैशाख ७ गते राती हत्या गरी फरार रहेका पमबहादुरलाई नुवाकोटबाट गिरफ्तार गरिएको प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
रामेछापको खाँडादेवी—७ स्थायी भएका पदमबहादुर तामाङले दुई महिना अघि माइली तामाङ्सँग विवाह गरेका थिए । उनीहरू हाल शंखरापुर नगरपालिका वडा नं. ९ मा कृषिकार्य गरी जीविकोपार्जन गर्दै आएका थिए






