आतंकवादी हमलाको विरोधमा ३५ वर्षमा पहिलो पटक कश्मीर उपत्यका पूरै बन्द

२०८२ बैशाख ११, बिहीबार १२:४५

०८२ वैशाख ११ –पहलगाम पर्यटकीय रिसोर्टमा भएको हत्याको विरोधमा गरिएको बन्दलाई सबै क्षेत्रका संस्थाहरूले समर्थन गरेका थिए । मंगलबार दक्षिण कश्मीरको पहलगाममा रहेको एक प्रमुख पर्यटकीय रिसोर्टमा आतंककारीहरूले आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने २० भन्दा धेरै पर्यटक घाइते भएका थिए ।

घाइते हुनेमा एक जना नेपाली महिला पनि छिन् । उनका छोरा सन्दीप न्यौपानेको भने मृत्यु भएको छ ।

आक्रमणपछि यहाँका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । श्रीनगरमा अधिकांश पसल, पेट्रोल पम्प र अन्य व्यावसायिक प्रतिष्ठानहरू बन्द रहेका अधिकारीहरूले बताएका छन् ।

सहरभरि अत्यावश्यक वस्तुहरू बेच्ने पसलहरू मात्र खुला छन् । सार्वजनिक यातायातका साधन कम चलेका छन् । निजी सवारी साधनहरू भने सामान्य रूपमा चलिरहेको बताइएको छ ।

निजी विद्यालयहरू बन्द रहे पनि तर सरकारी विद्यालयहरू खुला छन् । बन्दको प्रभाव उपत्यकाका अन्य जिल्ला सदरमुकामहरूमा पनि देखिएको छ । उपत्यकाका कैयौं स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू भएका छन् । यसमा प्रदर्शनकारीहरूले आक्रमणको निन्दा गरेका छन् भने निर्दाेषहरूको हत्या रोक्न आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?