बलात्कार घटनाका पीडितलाई आर्थिक सहयोग

२०८२ बैशाख ११, बिहीबार १३:००

सप्तरी०८२/०१/ वैसाख ।बालत्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट १० हजार रुपियाँ आर्थिक सहयोग वैशाख ९ गते प्रदान गरिएको छ । दलित सरोकार मञ्चको सिफारिशमा मञ्चका कार्यकारी निर्देशक भोला पासवान र स्थानीय तहको उपस्थितिमा पीडित बालिकाको बुवालाइ सो रकम बरावरको चेक हस्तान्तरण गरिएको हो ।

बालिकालाई ०८१ जेठ १२ गते आरोपित कंचनरुप नगरपालिका वडा नं. ४ का २१ वर्षीय कालुदादा भनिने पुस्कार साहले बलात्कार गरेको आरोप छ । आरोपित साहले ललाई फकाई बलात्कार गरेको र ज्यान मार्ने धम्की दिएका कारण छोरीले घटना बारे जानकारी नगराएको पीडितका बुवाले जानकारी दिनु भयो ।

६ महिनाको गर्भवती भएपछि पीडित परिवारले सोधिखोजि गर्दा आरोपित साहले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । हाल पीडित बालिकाले छोरा जन्माएकी छिन् । बालक दुई महिनाका छन् ।

पीडित पक्षले २०८१ मङ्सिर १० गते इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दर्ता गराएको छ । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्र नारायण सिंह अस्पतालमा मङ्सिर १० गते नै गरिएको थियो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानसँगको भेटमा पीडित बालिकाको बुवाले न्यायका लागि पहल गरिदिनु हुन भनि निवेदनमार्फत अनुरोध गरेका छन् ।

घटनाका आरोपित साह फरार रहेको र खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय, कंचनपुरका असइ अरविन्द्र साहले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?