बजेट अधिवेशन आजदेखि सुरु, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

२०८२ बैशाख १२, शुक्रबार ११:३४
काठमाडौं,१२ बैशाख। प्रतिनिधिसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसद् सचिवालयका अनुसार अधिवेशन प्रारम्भको अवसरमा विभिन्न दलका सांसदहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्नेछन्। प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक तथा आर्थिक विषयमा सम्बोधन गर्ने तयारी गरेका छन्।अधिवेशनका क्रममा शिक्षा र निजामती सेवासम्बन्धी विधेयकहरू अघि बढाउने तयारी गरिएको नेताहरूले जनाएका छन्। यद्यपि, पहिलो दिनको सम्भावित कार्यसूचीमा ती विधेयकहरू प्रस्तुत गर्ने कार्यक्रम भने नराखिएको सचिवालयले स्पष्ट पारेको छ।

यो अधिवेशन आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नुअघि सञ्चालन गरिने महत्त्वपूर्ण अधिवेशन मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?