डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन

२०८२ बैशाख १२, शुक्रबार १२:०५

कठमाण्डौ,१२ बैशाख: एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाण्डौमा सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपालको फाईनलमा डि एल सर्फ नेपाल च्याम्पियन घोषित भएको हो ।

स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वर्ल्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० र वैकल्पिक २ सहित १२ स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । सहभागी टप १२ मध्ये ९ लाई पछि पार्दै क्लाउड स्टोरेज सोलुसनमा नवप्रवर्तन ल्याउन सफल स्टार्टअप डि एल सर्फ च्याम्पियन हुन सफल भएको हो ।
विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो ।अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।

स्टार्टअप वल्र्ड कप नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार, र उद्यमशील व्यक्तिहरुसंग जोडेर उनीहरुको नेटवर्क विश्तारमा सहयोग गर्दै आएको छ । जसले गर्दा नेपाली स्टार्टअपहरुको विश्वप्रतिश्पर्धि क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजना विश्वास रहेको छ ।

यस कार्यक्रमको आयोजना स्टार्टअप हब नेपालले औद्योगिक व्यवसाय विकास संस्थान सँगको सहकार्यमा गरिरहेको छ। आईसीटी एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन नेपाल, तथा अन्य नवप्रवर्तन प्रतिप्रतिबद्ध संस्थाहरूले समेत कार्यक्रमलाई सहयोग र समर्थन गरेका छन्।
वर्ल्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो ।

“यो प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वर्ल्ड कपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले जनाएका छन् ।

बिजयी डि एल सर्फ अमेरिकाको सिलिकन भ्यालिमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् ।स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?