अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दै

२०८२ बैशाख १६, मंगलवार ११:५८

काठमाण्डौडौ,१६बैशाख :  संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । आज मंगलबार विहान ८ः३० बजे समितिको ११औं बैठक बस्न लागिएको हो ।

बैठकमा नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा मन्त्रीसँग छलफल, सो सुझाव हस्तान्तरण गर्ने र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?