
बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उहाँले एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी दिनुभयो । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उहाँले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।






