पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन्, ‘लाजमर्दो कुरा हो’

२०८२ बैशाख २४, बुधबार १२:३९

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’

कश्मीरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरि भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?