प्रतिनिधि सभाको बैठक बस्दैः नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

२०८२ बैशाख २५, बिहीबार ११:०२

काठमाडौं – संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक बिहीबार बिहान पनि बस्दैछ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?