२२ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (बिहीबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ७०० रहँदा बुधबार रु ९९ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० रहेकामा बुधबार प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य भने बुधबारको मूल्य भन्दा १० रुपैयाँले बढ्दै एक हजार ३६० मा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३५० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






