जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९ मंसिर २२, बिहीबार ०७:४८

२२ मंसिर  । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी दुहवी नगरपालिका-९ छाताबेली बस्ने ३० वर्षीय तजमुल इस्लाम मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तजमुलले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुम लालिगुराँस नगरपालिका-२ बसन्तपुरस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले सुनसरी दुहवी नगरपालिका-९ छाताबेलीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?