काठमाडौं,२९ बैशाख । रामेछापको उमाकुण्ड गाउँपालिकाले यही वैशाख ३० र ३१ गते बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व ९स्याँदर पिदार०को अवसरमा २ दिन गाउँ कार्यपालिकाको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको जानकारी दिएको हो ।
प्रस्तुत विषयमा उमाकुण्ड गाउँपालिकामा किराँतलगायत अन्य समुदायले मनाउने उँभौली पर्व ९स्याँदर पिदार०को अवसरमा मिति २०८२र०१र३० र ३१ गते थप २ दिनका लागि उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत जानकारी गराइन्छ,ु जारी सूचनामा भनिएको छ ।







