२१ हप्ताको गर्भपछि बाहिरियो युवती बलात्कारको घटना, दाजुभाइ पक्राउ

२०८२ बैशाख ३०, मंगलवार १३:२५
काठमाडौं,३० बैशाख । कैलालीमा युवतीमाथि बलात्कार गरेकोको अभियोगमा सहोदर दाजुभाइ पक्राउ परको छन् ।चुरे गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय दीर्घ कँडेल र ५३ वर्षीय गंगा कँडेल पक्रा परेका हुन् ।
कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार पक्राउ परेका दुबै जना सहोदर दाजुभाइ हुन् ।
‘पीडित युवती शारीरिक र मानसिक रुपमा अस्वस्थ छिन्,’ डीएसपी चन्दले भने, ‘पेट बढ्दै गएको देखेपछि स्वास्थ्य परीक्षण गर्दा २१ हप्ताको गर्भ देखिएको थियो । आफन्तले जाहेरी दिएपछि आरोपित दुबै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?