सुमित साह,
जनकपुरधाममा राम मन्दिर देखि जानकी मन्दिर र महाबिर चौक देखि पेठ्या बजार सम्म फुटफाट खाली गराउने उदेश्य बोकेको उपमहानगरपालिकाले गंगा सागर वरपरका फुटफाटका पसलहरु हटाउन लागेका छ। जनकपुरधाम मा आउने पर्यटकहरुलाई मध्यनाजर्गर्दै राम मन्दिर देखि जानकी मन्दिर र महाबिर चौक देखि पेठ्या बजार सम्म फुटफाट खाली गराउने उदेश्यलाइ पुरा गर्न उपमहानगरपालिकाले गंगा सागर वरपरका फुटफाटका पसलहरु हटाउन लागेका छ। जनकपुरधाम उपमनपाका मेयर मनोज साह ले फुटफाटका पसलहरु हटाएर त्यसको बिकल्पमा गोपाल धर्मशालाको उत्तरी भेगमा रहेको ९ कठा जग्गा लीज़मा लिएर फुटफाटका पसलहरु राख्न्ने व्यवस्था मिलाएको बताउनु भयो। पसलको लागि जग्गा लिन चाहनेहरु नागरिकता लिएर उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गरि दर्ता गराउन सकिने व्यवस्था मिलाइएको छ। उपमहानगरपालिकाले यस अघि जानकी मन्दिर र बार बिघा लगायतका ठाउँहरुमा रहेका फुटफाटका पसलहरु हटाएका थियो।





