नेसनल एकेडमी कलेज

Sharda University

धनुषाको कमला नगरपालिकामा सडकको खाल्डोमा डुबेर दुई दाजुभाईको दर्दनाक निधन

२०८२ जेष्ठ ६, मंगलवार २१:४१

जनकपुरधाम जेष्ठ ०६- पुर्वि धनुषाको कमला नगरपालिका–२ सराबे टोलमा मंगलबार दिउँसो एक दर्दनाक घटना भएको छ। स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह तथा उनका भाई श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साहको सडकको खाल्डोमा डुबेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार करिब १५ दिन अघि निर्माण थालिएको कृषि सडकको छेउमा खनिएको खाल्डोमा पानी जमेको थियो। सोही खाल्डोमा नुहाउन गएका दुवै बालकको डुबेर मृत्यू भएको पुष्टि गरिएको छ।

सराबेबाट खजुरीतर्फ जोडिने मुख्य बाटोबाट निस्किएको उक्त कृषि सडक निर्माणको क्रममा उचित सुरक्षाको व्यवस्था नगरिएको स्थानीयवासीको भनाइ छ। लापरवाहीपूर्वक खुला रूपमा छाडिएको खाल्डोले दुई निर्दोष बालबालिकाको ज्यान लिएको भन्दै स्थानीयहरु आक्रोशित छन्।

दाजुभाई साँझसम्म घर नफर्किएपछि खोजी थालिएको थियो। अन्ततः खाल्डोमा तैरिरहेको अवस्थामा मृत भेटिएपछि सिङ्गो टोल स्तब्ध बनेको छ।

यस दर्दनाक घटनापछि स्थानीयबासीले सडक निर्माण समिती र ठेकेदारको लापरवाहीलाई जिम्मेवार ठहराउँदै कानुनी कारबाहीको माग गरेका छन्। मृतक बालकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?