डाक्नेश्वरी–९ मा सडकमा अलपत्र ग्राभेल, स्थानीयवासी मर्कामा

२०८२ जेष्ठ ७, बुधबार १९:०८

सप्तरी जेष्ठ ०७ – डाक्नेश्वरी नगरपालिका–९ स्थित सडकमा ग्राभेल अलपत्र छाडिएकाले स्थानीय जनताले दैनिक आवतजावतमा कठिनाइ भोगिरहेका छन्। केही दिनदेखि सडक निर्माणको काम पनि बन्द भएको जनाइएको छ।

स्थानीयबासीहरूका अनुसार काम सुरु भएको केही समयमै ग्राभेल सडकमा छाडेर काम रोकिएको हो। यसले गर्दा न हिँड्न सजिलो छ न त सवारी चलाउन नै। धुलो–धुवाँ र असहज बाटोले विद्यार्थी, वृद्धवृद्धा तथा सवारी चालकहरू सबैलाई समस्या परेको उनीहरू बताउँछन्।

काम सुरु त भयो, तर बीचमै रोकियो। हिजोआज त हिँड्नै सकिने अवस्था छैन, स्थानीय बासिन्दाले गुनासो गरे।

न्यूज एवन को पत्रकार उक्त वार्डको वार्ड अध्यक्षलाई पटकपटक फोन गर्दा पनि फोन उठेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?