२३ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (शुक्रबार) सुनको मूल्य ६०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख नाघेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० रहँदा बिहीबार रु ९९ हजार ७०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रहेकामा बिहीबार प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य पनिबिहीबारको मूल्य भन्दा ३० रुपैयाँले बढ्दै एक हजार ३९० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३६० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






