आज पनि देशभर बदली मौसम, वर्षा र हिमपातको सम्भावना

२०८२ जेष्ठ २०, मंगलवार ०९:१३

जनकपुरधाम जेष्ठ २० – हाल देशको पश्चिमी तथा मध्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहेको छ भने कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुले प्रभाव जमाएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र अन्य उच्च भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानहरूमा र मधेस, बागमती, गण्डकी प्रदेश लगायतका अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। साथै, उच्च–पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?