ADVERTISEMENT

शुभकामना तथा भेटघाटका क्रममा कांग्रेस नेता उपेन्द्र यादव सिराहा–६ बसबिट्टामा

२०८३ कार्तिक ५, बुधबार १२:४९

सिराहा। नेपाली कांग्रेस मधेश प्रदेशका पूर्वमहामन्त्री उपेन्द्र यादवले शुभकामना तथा भेटघाटका क्रममा सिराहा नगरपालिका–६, बसबिट्टामा कांग्रेसका नेता राजाराम बनरैत यादव (खलिफा) लगायत कांग्रेसप्रेमीहरूसँग भेटघाट गरेका छन्।

आगामी निर्वाचनमा सिराहा नगरपालिकाको नगर प्रमुख पदका लागि नेपाली कांग्रेसबाट प्रस्तावित उम्मेदवारका रूपमा समेत चर्चामा रहेका यादवको भेटघाटलाई स्थानीय राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?