आइसिसी विश्वकप लिग-२ : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

२०८२ जेष्ठ २१, बुधबार १५:४२

काठमाडौं,२१ जेठ । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराउदै जित निकालेको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे खेल सुरु हुनेछ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स बीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

नेपाल अहिले लिग(२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ। १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ।

नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान र उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् भने टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्।

नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी(२० सिरिज हुने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?