जनकपुरधाममा ७.५० करोडको लागतमा निर्मित मैथिली भवनको भव्य उद्घाटन

२०८२ जेष्ठ २३, शुक्रबार १६:५०

जनकपुरधाम, २३ जेष्ठ  २०८२ — मधेश प्रदेश सरकारको ७ करोड ५० लाखको लगानीमा जनकपुरधामस्थित मैथिली विकास कोष अन्तर्गत नव निर्मित मैथिली भवनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति आदरणीय शेर बहादुर देउवाज्यू रहनु भएको थियो।

मैथिली भाषा, साहित्य, संस्कृति र सभ्यताको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनका लागि निर्माण गरिएको यो भवन मिथिला र मधेशको सांस्कृतिक पहिचान सुदृढ गर्न मीलको ढुंगा सावित हुने विश्वास लिइएको छ।

यस ऐतिहासिक परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण पक्षप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ।

मधेश र मिथिलाको भाषा, संस्कृति तथा पहिचानको सम्मानलाई साझा अभियानका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत कार्यक्रममा व्यक्त गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?