सिरहा जेठ २९ — नेपाल निजामती कर्मचारी संगठन (एमाले निकट) सिरहाका अध्यक्ष राजकुमार रायलाई एक महिलासँगै प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार रायलाई बिहीबार दिउँसो सिरहास्थित एक घरबाट नियन्त्रणमा लिइएको हो। उनी मालपोत तथा भूमिसुधार कार्यालय, सिरहामा कार्यरत कर्मचारीसमेत हुन्।
रायविरुद्ध उनकी पत्नीले परस्त्रीसँगको सम्बन्ध राखेको र आफूलाई मानसिक पीडा दिएको भन्दै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा रायलाई ती महिलासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
हाल दुवैजनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।






