अभिनेत्री मनीषा कोइरालाको घरपालुवा कुकुर ‘आवारा’को निधन, भावुक बिदाई सन्देश

२०८२ असार ५, बिहीबार १५:२७

काठमाडौँ असार ५ -अभिनेत्री मनीषा कोइरालाको घरपालुवा कुकुर ‘आवारा’को लामो समयपछि निधन भएको छ। कुकुरको सम्झनामा मनीषाले सामाजिक सञ्जालमा ‘आवारा’को फोटो सेयर गर्दै भावुक सन्देश लेखेकी छिन्।

उनले लेखेकी छिन्,
“अन्तिम बिदाई, मेरो प्यारो आवारा । तिम्रो नामले भनेझैं… तिमी सधैं स्वतन्त्र आत्मा थियौ । मलाई त्यो बिहान अझै पनि याद छ, जब मैले तिमीलाई देखेको थिएँ–हिँड्ने बाटोको बीचमा, पेटमाथि, चारवटा पञ्जा हावामा, ब्रह्माण्डमा पूर्ण रूपमा आत्मसमर्पण गरेको । यति सुन्दर र यति भरोसाले भरिएको ।

जब मैले त्यस दिन तिमीलाई बिस्तारै घर पुर्‍याएँ, मैले तिम्रो आँखामा यो देखेँ… अनिच्छाको झिलिमिली । के तिम्रो बहुमूल्य स्वतन्त्रता खोसिनेछ ? मैले तिमीलाई फुसफुसाएको थिएँ, ‘म तिम्रो हेरचाह गर्नेछु, म सकेसम्म राम्रो ।

मलाई थाहा छैन मैले त्यो वाचालाई साँच्चै न्याय गरें कि गरें तर मैले प्रयास गरें, मेरो माया, मैले साँच्चै प्रयास गरें । तिमीले मेरो हृदयमा सधैंको लागि पञ्जाको छाप छोडेका छौ । अब स्वतन्त्ररुपमा दौड आवारा, मेरो आवारा, जुन तिमीले गर्नैपथ्र्यो । तिमी सधैं मेरो साथमा रहनेछौं ।”

यो मार्मिक सन्देशसँगै उनले आफ्नो जीवनमा ‘आवारा’ले ओगटेको स्थान र माया स्पष्ट पारेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?