दुम्किबासमा खोलाले यात्रुबाहक बस बगायो, सबै यात्रु सकुशल उद्धार

२०८२ असार ६, शुक्रबार ०९:३२

काठमाडौँ असार ६ -पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा विनयी खोलामा आएको बाढीले एक यात्रुबाहक बस बगाएको छ।
प्रहरीका अनुसार खोलामा आएको अचानक बाढीले बसलाई बगाएर करिब एक किलोमिटर तलसम्म पुर्‍याएको थियो। घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

सौभाग्यवश, बसमा सवार सबै यात्रुहरू सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?