सुनको मूल्य घट्यो, कति छ तोलाको ?

२०७९ मंसिर २७, मंगलवार ०६:१७

२७ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (मंगलबार) सुनको मूल्य २०० रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख रहँदा सोमबार रु १ लाख २०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ५०० रहेकामा सोमबार प्रतितोला रु ९९ हजार ७०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य भने सोमबारको मूल्य अनुसार नै कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?