SEE मा 4 GPA ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: “शिक्षामा सस्तो राजनीति नगर्नुहोस्”

२०८२ असार १८, बुधबार ११:५७

काठमाडौँ असार १८ – देवयानी भन्छिन् – यस पटक वि.सं २०८१ सालको एस.ई.ई नतिजालाई वि.सं २०८० सालको नतिजासँग दाजेर सस्तो राजनीति नगर्नुहुन हामी सबैका प्रिय सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई अनुरोध गर्न चाहन्छु। म वि.सं २०८१ सालमा एस.ई.ई परीक्षा दिएर जि.पि.ए ४ ल्याउन सफल विद्यार्थी मध्य एक हुँ र मैले २०८० र २०८१ दुवै सालका प्रश्नपत्र राम्ररी अध्ययन समेत गरेकी छु। तुलनात्मक रुपमा वि.सं २०८० को प्रश्नपत्रभन्दा २०८१ सालको प्रश्न पत्र निकै नै सजिलो थियो।

कुनै विषयको परीक्षामा त २०८० सालकै प्रश्नहरू दोहोराइएको पनि पाइयो। प्रश्न पत्र सजिलो काट्दैमा र परीक्षा केन्द्रमा विद्यार्थीलाई खुल्लम खुल्ला चोरेर लेख्न दिदैमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन आउने होइन। त्यो देखावटी सुधार मात्र हो सम्माननीय केपी ओलीज्यू। तपाईँले शिक्षामा सुधार गर्ने प्रयत्न गर्नु भयो होला तर तपाईँको प्रयासलाई सफल मान्न सकिँदैन। यो एक गम्भीर समस्या हो र तपाईँकै पुरानो टालटुले शैलीले यो समस्या समाधान हुन सक्दैन। यस विषयप्रति सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण होस्। धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?