सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

२०७९ मंसिर २८, बुधबार ०६:४३

२८ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (बुधबार) सुनको मूल्य १००० रुपैयाँले बढेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार रहँदा मंगलबार रु १ लाखमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५०० रहेकामा मंगलबार प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य पनि मंगलबाररको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ४०० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?