सुनको मूल्य घट्यो, कति छ तोलाको ?

२०७९ मंसिर २९, बिहीबार ०६:१९

२९ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य ७०० रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० रहँदा बुधबार रु १ लाख १ हजर मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रहेकामा बुधबार प्रतितोलारु १ लाख ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य पनि बुधबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजार ३८० मा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?