काठमाडौँ असार १७। श्रोत नखुलेको २३ लाख २८ हजार ५ सय नेपाली र २ लाख १५ हजार ५० भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ सीमा ईलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय ईन्द्रजित प्रसाद साहलाई नियन्त्रणमा लिइएको हो । भारतबाट बीआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र भन्सार कार्यालयको संयुक्त टोली उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका–२ सीमा ईलाकाबाट ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५० भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । . जिल्लाको रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षका चन्दन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।






