जनकपुरधाम असार ३१ — जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का सदस्य रितेश भगतले आफ्नै व्यक्तिगत लगानीमा लामो समयदेखि अल्पत्र अवस्थामा रहेको सडक निर्माण गरिदिएका छन्। वडा सदस्य भगतको यस कदमले स्थानवासीहरूमा खुशी छाएको छ।
स्थानवासीहरूले भगतप्रति आभार व्यक्त गर्दै बताएका छन्, “वडा सदस्य रितेश भगतज्यूलाई धन्यवाद, आफ्नै व्यक्तिगत लगानीमा अल्पत्र परेको सडक निर्माण गरिदिनुभएकोमा हामी हार्दिक आभार व्यक्त गर्दछौं। उहाँको यो कदम अत्यन्तै सराहनीय र सम्पूर्ण समुदायका लागि प्रेरणादायी छ।”
यस सडक निर्माणपछि दैनिक आवागमनमा सहजता मिल्नुका साथै स्थानीय क्षेत्रको विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ।






