सोमेश्वरनाथ महादेवको भक्ति गीत सार्वजनिक, सोहनी धाममा गरिएको छायाङ्कन

२०८२ श्रावण २, शुक्रबार ००:१६

 सनोज यादब, धनुषा,  साउन०१— सोमेश्वरनाथ महादेव मन्दिर, सोहनी धाम (लक्ष्मीनिया–१, धनुषा) मा छायाङ्कन गरिएको नयाँ भक्ति गीत सार्वजनिक गरिएको छ। देबोके देब महादेवको प्रस्तुति गरिएको यस गीतले धार्मिक आस्था र सांस्कृतिक समर्पण प्रस्तुत

गरेको छ।

गीतमा आवाज चर्चित गायिका अञ्जु यादवले दिएकी छन् भने कलाकारको रूपमा बिनिता ऋषि र शुभक यादवको अभिनय देख्न सकिन्छ। गीतको रचनामा सरोज मण्डलका शब्द छन् र संगीत शैलेन्द्र बिवेकर्माले तयार पारेका हुन्।

भिडियो निर्माण पक्ष पनि अत्यन्त सशक्त देखिएको छ। छायांकन गणेश कुमार मण्डल, ड्रोन सञ्चालन राजु सर्राफ, नृत्य निर्देशन संजय साह र निर्देशन राजु राजदेव चौधरीले गरेका हुन्। सम्पादन तथा पोस्ट–प्रोडक्सन छिन्नमस्ता फिल्म्स बाट गरिएको छ।

भक्ति गीत जननी फिल्म्सको ब्यानरमा सार्वजनिक भएको हो। गीतको मूल अवधारणामा हरिनारायण यादव र रामबिनय यादवको योगदान रहेको छ।

यस भक्ति गीतलाई सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गर्न अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?