फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्यायो : भीम रावल

२०७९ मंसिर २९, बिहीबार ०९:२०

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गरे।उनले भने, ‘कुनै एउटा व्यक्तिले भोलि फौजदारी क्रियाकलाप गर्ने, अनि एउटा राजनीति दल खोलेर सरकारसँग सम्झौता गरेर आफ्ना अपराधका क्रियाकलापबाट मुक्त हुने त्यो बाटो यो अध्यादेशले खोल्नेछ ।’

सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको उनको भनाइ छ ।‘मेरो कुनै दलसँग पूर्वाग्रह छैन । कुन व्यक्ति छुट्छ छुट्दैन भन्ने बिषय होइन। यो विषय देश कानुनबाट चल्छ कि चल्दैन’उनले प्रश्न गर्दै भने।उनले सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने बताए । राजनीतिको आवरणमा कसैले अपराध गर्न नपाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?