गम्भीर रोगीलाई सरकारले उपचार सहायता: मिर्गौलाका लागि ८.५ लाख, अन्य दीर्घरोगका लागि १ लाखसम्म

२०८२ श्रावण ६, मंगलवार २१:५९

काठमाडौँ, श्रावण ६- प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका नागरिकहरूलाई लक्षित गर्दै उपचार सहयोगसम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्।

उनका अनुसार, मिर्गौला रोगबाट ग्रस्त बिरामीलाई सरकारको तर्फबाट अधिकतम ८ लाख ५० हजार रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गरिनेछ। साथै, क्यान्सर, मुटु रोग, टाउको तथा मेरुदण्डको चोट, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमर जस्ता दीर्घकालीन रोगहरूका बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार सहयोग उपलब्ध गराइनेछ।

प्रधानमन्त्री ओलीले यो निर्णय आर्थिक रूपले कमजोर वर्गका नागरिकहरूका लागि जीवनरक्षक बन्ने विश्वास व्यक्त गर्दै, सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीतिगत काम गरिरहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?