सप्तरी ,श्रावन १० –सप्तरीको रुपनी गाउँपालिका–२ पौवाटोलका बालेश्वर मण्डल (४५) र उनकी श्रीमती रामकुमारी खंग (३५) को करेन्ट लागेर ज्यान गएको हो। सप्तरी प्रहरीका अनुसार शुक्रबार राति सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको खबर शनिबार बिहान ५:४५ बजे प्रहरीलाई प्राप्त भएको थियो।
प्रारम्भिक अनुसन्धान
प्रहरीको प्रारम्भिक अनुमानअनुसार राति रिक्सा चार्ज गर्दा नै करेन्ट लागेर दुवैको मृत्यु भएको हुन सक्छ। श्रीमानलाई करेन्ट लागेपछि श्रीमती उनलाई छुटाउन जाँदा उनलाई पनि करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






