मधेसमा खानेपानी र सिँचाइको चर्को अभाव: सरकारको ध्यानाकर्षण

२०८२ श्रावण १४, बुधबार १३:४२

जनकपुर, साउन १४। मधेस प्रदेशमा खानेपानी र सिँचाइको चरम अभावका कारण जनजीवन कष्टकर बन्दै गएको छ। पर्याप्त वर्षा नहुँदा खेतहरू सुक्खा भएका छन्, जसले गर्दा किसानहरू धान रोप्न नसकी निराश बनेका छन्। सर्वसाधारण पिउने पानीको अभावमा गुजारा चलाउन बाध्य छन्। यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकार र मधेस प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले सरकारलाई तत्काल र दीर्घकालीन समाधानका लागि आग्रह गर्नुभएको छ। उहाँले मधेसको जनजीवन र कृषि प्रणाली जोगाउनका लागि डिप बोरिङ, सिँचाइ, नदी नियन्त्रण तथा कुलो निर्माणमा प्राथमिकताका साथ बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभएको छ। “अन्य सबै विकास योजना केही समय थाती राखी सिधै किसानका पीडामा मलम लगाउने कार्य गर्नुपर्छ,” यादवले भन्नुभयो।

नेता यादवले नेपाल सरकार र मधेस प्रदेश सरकारलाई किसानमुखी नीति अवलम्बन गर्दै डुबानजस्ता विपद् नियन्त्रण तथा सुक्खा क्षेत्रका लागि आपत्कालीन राहत योजना तत्काल लागू गर्न पनि जोड दिनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?