सिरहामा चेक बाउन्सको मुद्दामा पीडित पत्रकारलाई धाकधम्की, प्रहरी प्रशासनसँग गुहार

२०८२ श्रावण १६, शुक्रबार १३:४५

सिरहा ,श्रावण १६- सिरहामा एक चेक बाउन्सको मुद्दामा पीडित पक्षलाई धाकधम्की दिइएको छ। पीडितले यस सम्बन्धमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ ।

news Aone का सिराहा जिल्ला प्रतिनिधि रमेश चन्द्र शर्माले एसपी सिराहालाई दिएको जानकारी अनुसार, संगीता कुमारी शर्मा नाम गरेकी एक महिलाले किर्ते गरी चेक बाउन्स गरेर प्रहरी कार्यालय मा दिएकी उजुरी अनुसार पीडित ले भने मेरो चेक किर्ते भएको छ पटक पटक भनेपनि किर्ते गर्ने लाई संरक्षण दिँदै आइरहेको छ उल्टै पीडित पत्रकार शर्मालाई थुना मा राखी विभिन्न किसिमका मुद्दा चलाई दिन्छु भनि तर्साई रहेकाछ ।

पीडित पत्रकार सो चेक बाउन्स भएपछि उनले अदालतमा कीर्ते जालसद मुद्दा दायर गरेका छन्। तर, मुद्दा चलिरहेकै बेला आरोपी पक्षले उनलाई विभिन्न माध्यमबाट धम्की दिइरहेको छ।
पत्रकार शर्माका अनुसार, सिराहा वडा नं ६ का वडा अध्यक्ष इन्द्रजित कुमार गोठिया ले फोन मार्फद विभिन्न किसिमका गाली गलौज धाक धम्कि दिँदै आइरहका छन मेरो अगाडि पछाडि विभिन्न किसिमका सँदिग्द मान्छे लगाई डर त्रास देखाई रहेको छ पत्रकार शर्मा को भनाई अनुसार भोलिको दिनमा मलाई कुनै किसिमको घटना भएमा एसको जिम्मेवारीको,एसको जानकारी सिराहा एस पि लाई बारम्बार ध्यानाकर्षण गराएको छु, सिराहा जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर, झुटा छाप र हस्ताक्षर गर्न लगाई नलगाएमा विभिन्न किसिमका मुद्दा चलाइदिने धम्की दिइरहेका छन्।

उनले भने, “उल्टै मलाई झुटा आरोप राखेर जबर्जस्ती रकम नभएको रकममा सही छाप गर् नत्र यस्तै भित्र भिन्न भिन्न किसिमका मुद्दा चलाइदिन्छु भनी सही छाप गराएका छन।”
पीडितले अदालतको अन्तरिम आदेशलाई पनि अभेलना गर्ने काम भइरहेको आरोप लगाएका छन्। उनले आरोपीले अदालतमा उपस्थित हुन समेत नमानेको र उनीहरूलाई अदालतको आदेशलाई पालना गर्न पनि आग्रह गरेको बताएका छन्।

पीडित पत्रकार रमेश चन्द्र शर्माले आफूलाई असुरक्षित महसुस गरिरहेको बताएका छन्। उनले भनेका छन्, “मलाई डर लागिरहेको छ। यदि भोलि मलाई केही भयो भने, त्यसको जिम्मेवारी को हुने?” उनले प्रहरी प्रशासनलाई यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्न र आफ्नो सुरक्षाको व्यवस्था गर्न आग्रह गरेका छन्।

शर्माले यदि यस्तै गुण्डा शैलीमा धाकधम्की दिँदै आएमा सम्पूर्ण प्रमाणहरूका साथ भोलिको दिनमा पत्रपत्रिकामा सार्वजनिक गर्ने चेतावनी दिएका छन्। यस घटनाले न्यायिक प्रक्रियामाथि प्रश्नचिन्ह खडा गरेको छ भने पीडितको सुरक्षामाथि पनि गम्भीर चिन्ता उत्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?