सुनको मूल्य घट्यो, आज कति छ तोलाको ?

२०७९ पुष १, शुक्रबार ०६:५०

१ पुस । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (शुक्रबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजर ९०० रहँदा बिहीबार रु १ लाख ३०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० रहेकामा बिहीबार प्रतितोलारु ९९ हजार ८०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य पनि बिहीबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ३७० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?